वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची – दैनिक उपभोग्य वस्तुको अनुगमन नहँुदा व्यपारीले एउटै सामान मनपरी बिक्री गर्ने गरेका छन । पसलैपिच्छे एउटै वस्तुको मुल्य फरक भएपछि उपभोक्ता मर्कामा परेकालॆ अनुगमन गर्न माग गरेका छन ।
बजार भाउमा एक रुपता नआउँदा उपभोक्ता ठगिने गरेका छन । सदरमुकाम सन्धिखर्क चुत्रावेशी लगायत जिल्लाका गाउँ र शहरका अधिकाश पसलेले मनपरी चर्काे मुल्यमा सामान बिक्री गर्ने गरेका छन । सन्धिखर्कमा प्रकाश सचेतन समुहले गरेको जनताको आधारभुत आवश्यक्ताको सहज परिपुर्तीका लािग जिल्ला स्तरीय समन्वय बैठक तथा संवाद कार्यक्रममा बोल्ने वक्ताहरुले बजारमा सामान व्यापारीले मनपरी बेच्ने गरेकाले उपभोक्ता ठगिएको र सरकारले गास वास कपास र शान्ती सुरक्षामा उदासिन भएको विचार राखेका थिए ।
कार्यक्रममा उपभोक्ता बलाराम मिश्रले व्यापारीले पचास प्रतिशत सामान गुणनस्तरहिन ल्याउने गरेको बताए । व्यापारीले व्यापार गर्न नजानेको हो या सिधै उपभोक्तालाई ठग्न खोज्ने नियत हो उनले भने दैनिक अत्यावश्यक वस्तु गुणस्तरहिन ल्याएर बिक्री गरेका छन । चेक गर्ने हो भने अधिकाश गुणस्तरहित सामान व्यपारीले राखेका छन उनले भने । खाद्य वस्तुको मुल्य पसलैपिच्छे फरक हुँदा उपभोक्ता मर्कामा परेका छन खुले आम उपभोक्ता ठगिदा पनि प्रशासनले चासो दिएको छैन ।
प्रत्येक पसलमा मुल्य सुची कायम छैन । एउटै सामानको मनपरी मुल्य फरक छ । दैनिक अत्यावश्यक वस्तु दाल चामल तेलसिलिण्डर ग्यास लगायत तयारी पोशाक भाडाँकुडा लगायत सबै बिक्री सामान गुणस्तरहिन सँगै मनपरी मुल्यमा बेच्ने गरेका छन । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सामान ढुवानी र आवश्यक मुल्य निर्धारण समिति निस्कृय भएकाले व्यापारीले मनपरी बेच्ने गरेका हुन । अधिवक्ता टंक प्रसाद पोखरेलले मुल्य निर्धारणका लागि प्रजिअको बैठकमै उपभोक्ता ठगिने गरेको बताए ।
असमान मुल्य भएको जानकारी गराउँदा पनि प्रजिअ चुप लागेर बस्न नहँने उनले बताए । बजारमा सरकारले प्रतिबन्ध गरेको भारतीय तेल खुलेआम बिक्री भैरहेका छन । दैनिक अत्यावश्यक उपभोग्य वस्तुमा ५ देखी २ सय रुपैयासम्म घर जोडिएका पसलमा पनि मुल्य फरक हुने गरेको छ । दाल चामल तरकारी खाना पकाउने ग्यास लगायत बजारमा बेचिने जुनसुकै सामान पनि पसलैपिच्छे मुल्य फरक छ । कार्यक्रममा माओवादीका प्रकाश ज्ञवालीले अनुगमन र नियन्त्रणमा कमजोरी हुँदा कालो बजारीया बढदै गएको बताए । उनले उपभोक्ता हित संरक्षण माच निश्क्रिय बस्न नहुने बताए । काग्रेसका हरि बहादुर खडकाले सिन्डिकेट प्रणाली खारेज गरी प्रतिश्प्रधामा लैजानुपर्ने बताए ।
एमालेका दल बहादुर भटराईले सामान गुणस्तरीय छ छैन भन्ने छुटाउन साधान नभएको बताए । उद्योग वाणिज्य संघका उपाध्यक्ष युवराज श्रेष्ठले आफुहरुले पेशा नभएर व्यापार गनुपर्दा समस्या परेको बताए । गुणस्तरीय सामान छुटाउन अनुभाव नभएकाले व्यापारीलाई संघ सस्था र सरोकारवालाले सिकाएर सहयोग गरेमा आफुहरु सच्चा व्यापारी बन्ने बताए । प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले गुण तथा खाद्य नियन्त्रण जिल्लामा नुहँदा समस्या परेको बताए । उनले निवेदन आए छानविन गरी कारवाही गर्ने बताए ।
कार्यक्रममा सहभागीले व्यापारीले हिउदको ल्याएको सामान वर्षामा दोब्बर महगो भाउमा बेच्ने गरेकाले उपभोक्तालाई मर्का परेको बताएका थिए ।