– वीरेन्द्र केसी

अर्घाखाँची- श्रीमतीको हत्या गरेपछि यहाँका एक व्यक्तिले आत्महत्या गरेका छन । जिल्लाको ठाडा गविसको चाक्ला गाउँका ५२ वर्षीय डिल बहादुर सुनारले ४८ वर्षीय आपनै श्रीमती बसन्तीलाई बाचरो प्रहार गरी हत्या गरेपछि आफुले पनि आत्महत्या गरेका छन ।
श्रीमतीको हत्या गरेपछि आफु पाँच सय मिटर पर जंगलमा गई रुखमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको थियो । श्रीमतीलाई राती १२ बजे सुतिरहेको अवस्थामा एक्कासी धारिलो बाचरोले टाउकोमा हिर्काएपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
गरिब परिवारका उनीहरु सधै अर्काको घरमा काम गरेर जीविका चलाउँदै आएका थिए । सधै मदिरा खाएर बारम्बार श्रीमतीलाई कुटपिट गदै आएका डिल बहादुरले त्यस दिन पनि दिउसै देखी अत्यधिक रुपमा मदिरा सेवन गरेका थिए । सुझ घरमा आएपछि श्रीमतीसँग झगडा भएको र परिवाररिक कारणले झगडा गर्दा रिसको झोकमा श्रीमतीलाई बाचरो प्रहर गरेर हत्या गरेको प्रहरी नायव उपरीक्षक बुद्धिराज गुरुङले बताए ।
घटनाको स्पष्ट रुपमा विवरण त पत्ता लाग्न सकेको छैन उनले भने गरिबीको कारण र मादक पदार्थ खाएर मात्तिएर श्रीमतीको हत्या गरेको हो । उनी केही वर्ष देखी मानसिक सन्तुलन बिगि्रएको थियो । कहिलेकाँहि गाउँलेलाई जथाभावी रुपमा गाली गर्दै हिडने पनि गरेका थिए ।
राती श्रीमतीको हत्या गरेपछि भागेर जंगलमा पुगेका उनी जंगलको रुपमा झुण्डिएर आत्महत्या गरेका थिए । आमा बुवा मृत्य अवस्थामा छोराछोरीले बिहान मात्र देखेका थिए । मृत्य अवस्थामा वसन्तीलाई देखेपछि छोराछोरीले गाउँलेलाई खबर गरेका थिए । उनीहरुका चार छोरा र ३ छोरी छन । जसमध्ये घरमा १ छोरा र २ छोरी थिए । छोराछोरी सुतिरहेको मौका छोपी श्रीमतीलाई हत्या गरेको प्रहरीले बताएको छ ।
छिमेकीका अनुसार श्रीमान श्रीमती सधै झगडा गरिरहन्थे । श्रीमतीलाई सधै कुटिरहने उनले शनिबार राती घरभित्रै रहेको बाचरोले टाउकोमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।
——————-