पोखरा – युनिटी लाइफ एन्सुरेन्सका डिपार्टमेन्ट सपका निर्देशक इन्द्रबहादुर विकलाई पोखरामा प्रहरीले पक्राउ गरेको छ ।
मोस्ट वाण्टेड सूचिमा रहेका बिकलाई पोखराको न्युरोडस्थित सुमित्रा बिकको घरबाट साँझ पक्राउ गरिएको जिल्ला प्रहरीका निरीक्षक बिश्वराज अधिकारीले बताए ।
बिकलाई आइतबार रातिनै ललितपुर प्रहरीलाई बुझाउन राजधानी पठाइएको अधिकारीले बताए ।



