जङ्गली च्याउ खाँदा २ जनाको मृत्यु, एकै परिवारका ४ जना गम्भीर बिरामी

– श्याम निरौला

 

सङ्खुवासभा – सङ्खुवासभाको माङ्तेवामा जङ्गली च्याउ खाँदा २ जनाको मृत्यु भएको छ भने एकै परिवारका ४ जना गम्भीर बिरामी परेका छन्। विषालु च्याउ खाँदा माङ्तेवा गाविस-५ जउल गाउँका ज्ञानबहादुर राईका ५ वर्षीय छोरा पर्सन राई र उनकी बहिनी ४ वर्षकी पूजा राईको आइतबार मृत्यु भएको हो।

 

ज्ञानबहादुरका भतिजा चित्रसेन सोताङ राईका अनुसार च्याउ खाँदा ज्ञानबहादुरको ८ वर्षकी छोरी सविना राई, १३ वर्षकी रिनुता राई र ५६ वर्षकी श्रीमती चण्डीमाया राई गम्भीर बिरामी परेका छन्। उनीहरुमध्ये ७१ वर्षीय ज्ञानबहादुर र ८ वर्षकी छोरी सविनाको अवस्था चिन्ताजनक छ।

 

उक्त गाविस माङ्तेवामा स्वास्थ्य चौकी नभएकाले उनीहरुको उपचार हुन नसकेको बताइएको छ। बिरामीलाई उपचारका लागि सदरमुकामस्थित जिल्ला अस्पताल ल्याउन १२ घण्टाभन्दा बढी लाग्नेछ।