
कास्की, जेष्ठ २५ – चार्जमा राखेको मोवाइल पडकेर मंगलबार बिहान एक किशोरीको मुत्यु भएको छ । कास्कीको भरतपोखरी,५ चुवादी की १६ वर्षीया निकिता थापाको मृत्यु भएको हो ।
चार्जमा रहेको मोवाइलबाट कुराकानी गर्ने क्रममा हाई भोल्टेज आएपछि मोवाइल संगै नजिकै रहेको ट्रान्समिटर समेत पडकेर उनको मुत्यु भएको प्रहरीले जनाएको छ ।

मोवाइल र ट्रान्समिटर पडकेर घाइते भएकी थापाको उपचारको क्रममा तनहुको बेलचौतारा स्थित सेती गंगा सामुदायिक अस्पतालमा मुत्यु भएको हो ।




