कपिलवस्तु । केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण कपिलवस्तुमा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोटिहवा-४ का ५१ वर्षीय रामप्रकाश चौधरी, कपिलवस्तु नगरपालिका-४का ९ वर्षीया सोनाली दुबे र शिवपुरको शान्तिटोलकी पञ्चकुमारी यादवकी छोरी ७ वर्षीया प्रेरणा रहेका छन् ।
मृतक सबैको गर्मीका कारण मृत्यु भएको जिल्ला अस्पताल कपिलवस्तुले जनाएको छ । सात वर्षीय बालिका यादव र ९ वर्षकी दुबेको सोमबार मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सदरमुकाम तौलिहवाको रत्नराज्य माविकी छात्रा सोनाली घर र्फकदा गर्मीका कारण अचानक बेहोस भएपछि उपचारका लागि पृथ्वी अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको जनाएको छ।