– गणेश चुदाली
राष्ट्रपति डा. रामवरण यादवले वन क्षेत्र संरक्षणका लागि राजनीतिक स्थिरता हुनु आवश्यक रहेको बताउनुभएको छ । सामुदायिक वन उपभोक्ता महासंघको चौथो राष्ट्रिय महाधिवेशनको राजधानीमा उद्घाटन गर्दै राष्ट्रपति यादवले आफूले वन क्षेत्रको संरक्षणका लागि आवश्यक प्रवन्ध गर्न सरकारसँग पनि बारम्बार कुरा गरेको बताउनुभयो ।
कुनै राजनीतिक आस्था र विचारबाट प्रभावित नभईकन सबै मिलेर नेपालको अथाह सम्भावना बोकेको वन जंगलको सुरक्षा र संरक्षणमा सबै जना जुट्नुपर्ने राष्ट्रपतिको यादवको भनाइ छ । उहाँले देशको करोडौं जनता संवद्ध वन क्षेत्रबाट फाइदा लिन सकेमा छोटो समयमै नेपालले आर्थिक फड्को मार्न सक्ने विश्वास समेत व्यक्त गर्नुभयो । दुई दिनसम्म चल्ने वन उपभोक्ता महासङ्घको महाविधेशनमा देशभरिबाट १ हजार सदस्यहरु सहभागी छन् ।
नेपालमा अहिले १४ लाख हेक्टरमा रहेको वनक्षेत्र संरक्षित रहेको बताइन्छ ।