पूर्व डीआईजीको गाडी पक्राउ

-गणेश चुदाली
अर्घाखाँची टाईम्स अर्घाखाँची प्रतिनिधि

 

बुटवल २५ जेठ ।   अवकास प्राप्त डीआईजी अशोक श्रेष्ठले प्रयोग गर्दै आएको पजेरो गाडी यूथफोस्रले पक्राउ गरी प्रहरीलाई बुझाएको छ ।

 


आफन्तको बिवाहको भोजमा बुटवल आएका डीआईजी श्रेष्ठले प्रयोग गरेको बा ४ च ८१७१ नम्बरको पजेरोमा नक्कली नम्वर राखेको भन्दै बुटवल-६ हाटवजारस्थित बिश्व हिन्दु महासंघ अगाडी पार्किङ्ग गरी राखेको अवस्थामा सोमबार सांझ प्रहरीलाई बुझाएको थियो । सो गाडी अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले पहिला यूथफोस्रले नै चढ्दै आएको गाडी गतवर्षको कार्तिक १३ गते काठमाडौको थानकोट नाकाबाट प्रहरीले पक्राउ गरेको थियो ।  नक्कली गाडीको अनुसन्धानका लागी सो पजेरो लिएर उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोली बुटवल आएको क्रममा पक्राउ परेको उहाले जानकारी दिनुभयो । 


प्रहरीले नै ल्याएको हुंदा पूर्व डीआईजी श्रेष्ठ आफ्नो गाडी बिग्रेकाले प्रयोग गरेको बताउनु भयो । थप कुरा जान्नका लागि प्रनाउ कार्कीले उपत्यका ट्राफिक प्रहरी कार्यालयको आधिकारिकता खोजेको पनि बताउनु भयो । यूथ फोस्रले भने गाडी नक्कली भएर पनि प्रहरीले श्रेष्ठलाई जोगाउन खोजेको आरोप लगाएका