बल्ल बन्ने भो बुटबलमा पशु बधशाला

उमाकान्त पाण्डे गाउले – मध्यपुर्व स्थित अन्तरास्ट्रिय प्रमुख प्रतिनिधि : हाल बुटबल   
जग्गा अभावको कारण बुटवलमा पशु बधशाला निर्माण कार्य रोकिएकोमा अब चाडैनै बधशाला निर्माण कार्य सुरु हुने भएको छ । जग्गा अभावले निर्माण कार्य अलपत्र परेको बधशालाका निम्ति जग्गा प्राप्त भएपछि चाडै नै बधशाला निर्माण हुने भएको हो । 
बुटवलका विभिन्न स्थानमा सार्वजनिक जग्गामा नगरपालिकाले बधशाला बनाउने प्रयास गरेपनि स्थानीयवासीको अवरोधका कारण एक वर्ष अघि नै बन्नुपर्ने बधशाला निर्माण हुन सकेको छैन । सार्वजनिक जग्गामा विरोध भएपछि निर्माण कार्य अलपत्र परेको बधशाला निर्माण कार्य राष्टिय वनको जग्गा उपलब्ध भएपछि अबको डेढ महिना पछि निर्माण कार्य शुरु हुने भएको हो ।
बुटवलवासीलाई स्वच्छ स्वस्थकर मासु खुवाउने भनेर झण्डै साढे २ वर्ष अघि बधशाला निर्माण गर्नका लागि बुटवलमा सरोकारवालाको बैठक बसेर योजना पनि बनाइएको थियो । बैठकले बधशाला निर्माणका लागि पहिलोपटक योजना निर्माण गर्ने निर्णय पनि गरेको थियो ।
जसमा बुटवल नगरपालिका जिल्ला प्रशासन कार्यालय जिल्ला पशु सेवा कार्यालय मासु व्यवसायी संघ नेपाल पत्रकार महासंघ उपभोक्ता हित संरक्षण माच ईलाका प्रहरी कार्यालय गैरसरकारी संस्थाका प्रतिनिधि लगायतका सरोकारवालाहरुले बधशाला निर्माण गर्नु मुख्य आवश्यकता भएको भन्दै तदारुकताका साथ काम अघि बढाउने निर्णयगर्दै समन्वय समिति समेत बनाएका थिए तर अहिले त्यो समिति स्मरणमा मात्रै छ काम हुन सकेको छैन । पहल भयो योजना बन्यो बजेट छुट्टी सक्यो ,जग्गा पनि तय भयो निर्माणका लागि जग्गाको कम्पाउण्ड निर्माणको काम समेत थाल्ने पक्का भयो । बुटवलवासीका लागि अपशोच भन्नुपर्छ बधशाला निर्माणका लागि छुट्टाइएको जग्गामा स्थानीयवासीले प्रदूषण हुने भन्दै काम थाल्न दिएनन् । गत वर्ष बुटवल नगरपालिकाले देवीनगरको तिनाउ तटीय क्षेत्रको ३३ कठठा  जग्गा उपलब्ध गराइएको थियो ।
 
उपभोक्ता हित संरक्षण माचका अध्यक्ष नर्बु लामा स्वस्थकर मासुका लागि बधशाला अनिवार्य भएकोले १० वर्षदेखि आफूहरुले बधशाला निर्माणमा दबाब दिइरहेको बताउछन् । उनले वातावरण सम्बन्धी प्रधानीकरणका लागि बधशाला आवश्यक रहेको बताउदै पहिले स्थानीय वासिन्दाको अवरोधका कारण बन्न नसकेपनि अब पुनः बन्न लागेको बताउछन् ।
 
सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार  पशु बधशाला निर्माण गरी साचालनको वातावरण बनाउन सरोकारवालालाई पटक पटक आह्वान गरिए पनि जग्गा अभावले सो कार्य सम्पन्न हुन सकेको थिएन तर अब भने बुटवल औद्योगिक क्षेत्रको पुर्वि  ३ विघाहा जग्गा  बुटवल नगरपालिकालाई बुटवल औद्योगिक क्षेत्र औद्योगिक क्षेत्र व्यवस्थापन पक्षले उपलब्ध गराएपछि अलपत्र परेको बधशाला निर्माण कार्य शुरु हुने भएको हो । बुटवल नगरपालिकाका ईाजनियर गौतम रौनियारका अनुसार पशुपंक्षी बजार प्रवद्र्धन निर्देशनालय र बुटवल नगरपालिकाको सहकार्यमा बधशाला निर्माण हुन लागेको छ । बधशाला निर्माण ५ करोडको योजना भएपनि तत्काल भने डेढ करोडको मात्र बजेटमा काम गर्ने ईाजनियर  रौनियारले बताए । गत वर्ष सम्पूर्ण कार्य पूरा भएपनि जग्गाको कारण योजना अलपत्र परेपछि डेढ करोड फि्रज भएको थियो तर नगरपालिकाले भने सो कुरा अस्वीकार गर्दै रकम पि्रुज नभएर स्थान्तरण भएको जनाएको छ । अब भने सबै काम पूरा भइसकेको र बधशाला निर्माणका लागि टेन्डर खुलाएकोले डेढ महिनाभित्रमा नै काम शुरु हुने पनि उनले जानकारी दिए । 
नगरपालिकाले तत्काल ६० लाख उपलब्ध गराउने र सो रकमबाट कम्पाउन्ड वाल निर्माण गरिने बताइएको छ । अहिले डेढ करोडको बजेटले भैंसी र बाख्राको लागि बधशाला भवन निर्माण गर्ने सो काम यही वर्षभित्र सकाउन काम प्याकेजमा विस्तारै गर्दै जाने पनि पनि ईन्जिनियर  रौनियारले जानकारी दिए । पशु बधशाला नेपाल अधिराज्यभित्र काठमाडौं र हेटौडामा मात्र रहेका छन् । नगरपालिकाको तथ्याक अनुसार बुटवलमा दैनिक ५ हजार किलो कुखुरा ३ हजार २ सय ४० किलो खसी बोका ३ हजार ३ सय किलो पाडा २ सय किलो बंगुर र १ हजार किलो माछाको मासु खपत हुने गर्छ । त्यसमा पनि खसीको मासुको नाममा ९५ प्रतिशत बाख्री र पाडाको मासु बिक्री भइरहेको उपभोक्ता हित संरक्षण मचले जनाएको छ ।