सहमति भए माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै प्रधानमन्त्री बन्नसक्ने:- एमाले ओली

नेकपा एमालेका नेता केपीशर्मा ओलीले एकीकृत नेकपा माओवादीकै कारण प्रधानमन्त्री माधवकुमार नेपालको राजीनामा नआएको बताउनु भएको छ। माओवादी सडकमा जथाभावी कराउँदै हिँडेका कारण राजीनामा दिन प्रधानमन्त्रीलाई अप्ठ्यारो परेको ओलीको भनाई छ।


विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्नुहुँदै नेता ओलीले सहमति भए माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै प्रधानमन्त्री बन्नसक्ने पनि बताउनुभयो।