बुटवल, जेष्ठ ३० – सरकारले आफ्ना माग पूरा नगरेको भन्दै राहत शिक्षक जिल्ला संघर्ष समिति रुपन्देहीले आइतबारदेखि ३ दिनसम्म रुपन्देहीका सबै सरकारी तथा सामुदायिक विद्यालय बन्दको आव्हान गरेको छ ।
राहत शिक्षकको बन्दका कारण रुपन्देहीका सबै सरकारी तथा सामुदायीक विद्यालयमा आज पठन पाठन ठप्प भएको छ । यसले गर्दा विद्यालयमा अध्ययनरत सयौ बालबालिकाको पठन पाठन प्रभावित भएको छ । सरकारले आर्थिक बर्ष ०६६/०६७ मा बृद्धि गरेको तलव भत्ता आर्थिक बर्षको अन्त्य हुनै लाग्दा सम्म पनि उपलब्ध नगराएकाले बाध्य भएर बिद्यालय बन्द गर्नु परेको संघर्ष समितिका उपाध्यक्ष अरुण मरासिनीले बताए ।
सरकारले राहत शिक्षकको १ शिक्षक बराबर मासिक १२ सय रुपैया भत्ता र ४ देखि ६ प्रतिशत सम्म तलब बृद्धि गर्नेमा सहमति गरेको थियो । विगत लामोसमयदेखि बिभिन्न चरणमा आन्दोलन गर्दै आएको राहत शिक्षक सघर्ष समितिका कारण विद्यार्थीको पढाई पटक पटक प्रभावित हुदै आएको छ । यसले गर्दा शिक्षण सस्थालाई शान्ति क्षेत्र बनाउनु पर्ने शिक्षकहरुकै मागको खिल्ली उडेको छ ।



