संघियता बिरुद्ध राष्ट्रिय अभियान युएइ शाखा को प्रथम बैठक सम्पन्न

दुबईमा सघियता बिरुद्ध राष्ट्री सघर्षसमिति यूएईको प्रथम बैठक गत शुक्रबार सम्पन्न भएको छ । बैठकले बिभिन्न बिषयमा छलफलगरी निर्णयगरेको छ ।

उक्त बैठकले समितिका पदाधिकारीहरुको काम तथा जिम्मेवारीबाडफाड गर्नुको साथै यूएईका सातबटै स्टेटमा क्षेत्रिय समिति गठनगर्ने निर्णयगरेकोछ । यसरी गठन भएका क्षेत्रिय समितिका पदाधिकारीहरुले सदस्यता बितरण सांस्कृतिक कार्यक्रम तथा अन्तरकि्रया कार्यक्रमको आयोजनागर्न सक्ने निर्णय गरेकोछ ।

समितिले यथासिघ्र आफ्नो वयबसाईट संचालन गर्नुका साथै गतिबिधि मिडिया मार्फत सबैमा जानकारीगराउने योजना तयगरेको छ । समय समयमा बिभिन्न किसिमका सांस्कृतिक कार्यक्रम साथै प्रशिक्षण कार्यक्रम तथा समाजिक कार्यहरु गर्दैजाने जनाएको छ ।

बैठकले भारतको मेघालयमा नेपाली हरुमाथि भएको ज्यादतिको घोर भत्सनागर्दै यथासिघ्र यस्ताकार्य बन्दगर्न सम्बन्धित निकायलाई दवावदिने र कार्यबाहीकोलागि नेपाल सरकारले कदमचाल्नुपर्नेमा जोडदिएको छ ।

सो बैठकले मुलुकमा जातिय लडाईहुन नदिन र बिभिन्न किसिमका जातिय राज्य बिभाजन हुन नदिन र एक मधेश एकप्रदेश आत्मनिर्णयको अधिकार सहितको अवधारणले समग्रमा नेपालको अस्तित्वलाई नै संकटमापार्ने भएकोले यस्ता निर्णयगर्न नदिन सम्पर्ण प्रवासी नेपालीले दवादिनुपर्ने ठहरगरेकोछ । नेपालरहे मात्र नेपाली रहने भएकोले राष्ट्र राष्ट्रीयता र अखण्डताको रक्षाकालागि राष्ट्रप्रेमी नेपालीहरुलाई एकजुटहुन आग्रहगरेको छ | – शंकर ज्ञवाली – यूएई -दुबई