सभामख नेम्वाङ्गद्वारा राजनीतिक दलका नेताहरुसँगको परामर्शलाई तीब्र

-गणेश चुदाली
अर्घाखाँची टाईम्स अर्घाखाँची प्रतिनिधि

 

संसदको वजेट अधिवेशन बोलाउनमा भएको ढिलाइ र अवरुद्ध संविधान निर्माण प्रकि्रर्यालाई सुचारु गर्ने विषयलाई लिएर सभामुख सुवासचन्द्र नेम्वाङ्गले राजनीतिक दलका नेताहरुसँगको परामर्शलाई तीव्रता दिनुभएको छ ।

 

यसक्रममा उहाँले आज एमाले अध्यक्ष झलनाथ खनालसंग भेटवार्ता गर्नुभएको छ । अध्यक्ष खनालको निवासमा केहिबेरअघि सम्पन्न भेटवार्तामा गतिरोध अन्त्यकालागि जेठ १४ मा भएको तीनबुदे सहमति कार्यान्वयन बारेमा छलफल भएको थियो । उहाँले दलहरुवीच भएको सहमति कार्यान्वयन नभएकै कारण गतिरोध कायम रहेको भन्दै सहमति कार्यान्वयनमा ध्यानाकर्षण गराऊनु भएको हो । भेटपछि अध्यक्ष नेम्वाङ्गले समसामयीक घटनाक्रम र संविधान निर्माण प्रकि्रर्याका बिषयमा छलफल भएको जानकारी दिनुभयो । अध्यक्ष खनालले सहमतिको कार्यान्वयन गरी गतिरोधको निकास खोज्न आफु गम्भीर रहेको बताउनु भएकोपनि नेम्वाङ्गले उल्लेख गर्नुभयो । उहाँले आजै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंगपनि भेटने कार्यक्रम रहेको छ ।

 

यसअघि सभामुखल हिजो प्रधानमन्त्री माधबकुमार नेपाल र कग्रेसका कार्यबाहक सभापति सुशील कोइरालासँग भेटगरि बर्षे अधिबेशनमा भएको ढिलाइवारे छलफल गर्नुभएको थियो । दलहरुवीच सहमतिमा भएको ढिलाइले राज्यपुर्नसंरचना आयोग गठनको अन्यौलता कायम रहेका कारण संविधानसभाले नयाँ कार्यतालिका बनाऊन सकेको छैन । जेठ १४ मा सबिधानसभाको म्याद एकवर्ष थपिए पनि तीन बुदे सहमती कार्यान्वयन नहुँदा राजनीतिक निकास निस्कन सकेको छैन । यसैबीच अध्यक्ष खनालले जेठ १४ मा भएको तीनबुदे सहमति कार्यान्वयनगरी गतिरोधको निकास खोज्नेवारे दलहरुवीच अनौपचारिक छलफल भइरहेको बताउनुभएको छ ।

 

सभामुख नेम्वाङले केहि दिनभित्र दलहरुवीच सहमति जुटने विश्वास पनि व्यक्त गर्नुभयो । भेटपछि पत्रकारहरुसँग कुरा गर्दैै अध्यक्ष खनालले आफू अस्वस्थ भएका कारण पनि सहमतिका लागि सकि्रय रुपले लाग्न नपाएको बताउनुभयो ।