आगलागीमा परि एकै घरका दुई जनाको मृत्यु

लमजुङ  – ताघ्रिङ- ९ कालाघिरिङमा आगलागीमा परि एकै घरका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षिया आमा मिश्रीमाया गुरुङ र छोरा ५ वर्षिय सुनबहादुर गुरुङ रहेका छन् ।

छोरालाई सुताउन घरभित्र रहको बेला आगलागी हुदा आमा छोरा दुवैको शुक्रबार दिउँसो करिब १२ बजेतिर जलेर मृत्यु भएको हो । आगोले दुई तले घर समेत जलेर नष्ट पारेको छ । आगलागी सोलार बत्ती सट भएर वा बच्च्ााहरुले आगो सल्काएर हुन सक्ने प्रहरीको अनुमान छ ।

गुरुङका श्रीमान र अन्य दुई छोराछोरी सहित ५ जनाको परिवार रहेका छन् । अहिले उनीहरुको उद्धारका लागि इलाका प्रहरी कार्यालयका प्रहरीहरु त्यसतर्फ गएका छन् ।