३३ वर्षिया बाराकी एक महिलाको ग्याँस सिलिण्डर पड्केर मृत्यु

बारा, जेष्ठ ३० – ग्याँस सिलिण्डर पड्केर गम्भिर घाइते भएकी बारा बलिरापुर ६ की एक महिलाको आइतबार बिहान मृत्यु भएको छ ।

स्थानिय अरुण मेहताकी ३३ वर्षिया पत्नी आशादेवी मेहताको उपचारको क्रममा भारतको रक्सौलस्थित डंकन अस्पतालमा बिहान साढे सात बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

घरमा खाना पकाउने क्रममा ग्याँस सिलिण्डर पड्केर शनिबार राति आशा गम्भिर घाइते भएकी थिइन् । 

मोहन बुढाऐर

धनगढी

कैलालीको मालाखेतीमा ट्याक्टरबाट खसेर एक जना महिलाको मृत्यु भएको छ ।

प्रहरीकाअनुसार गोदावरीबाट डुङ्गा लिएर अत्तरियातर्फ आइरहेको  से १ त २६३९ नम्वरको  ट्याक्टरबाट खसेर  मालाखेती निवासी मैनादेवी भट्टराईको  मृत्यु भएको छ ।  अत्तरियास्थित अस्पतालमा  भर्ना गरिएका आफन्तलाई भेटन आएकी भट्टराई आइतबार दिउँसो २ बजे  ट्याक्टरबाट खसेर घाइते भएकी हुन ।  अत्तरियाको पदमा अस्पतालमा उपचार गर्ने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।