पृथ्वी राजमार्गको नौबीसे धार्केमा काठमाडौंबाट पोखरा जाँदै गरेको बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

– रामेश्वर कार्की

 

काठमाडौं, कात्तिक ३- पृथ्वी राजमार्गको नौबीसे गाविस-१ धार्केमा काठमाडौंबाट पोखरा जाँदै गरेको बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

 

ग १ ख ३५५९ नं. को बसले विपरित दिशाबाट आइरहेको वा ३५ प ९४३ नं. को मोटरसाइकललाई ठक्कर दिएको थियो।

 

मृत्यु हुनेमा स्याङ्गजाका सविनकुमार श्रेष्ठ र लेखनाथ-५ पोखराका सन्तोष श्रेष्ठ छन्। बसको ड्राइभर फरार छ। बस भने खानीखोला प्रहरीको नियन्त्रणमा छ।