रुपन्देहीको बुटवल आसपासका क्षेत्रका थप तीन जनामा डेँगुका जीवाणु देखा परेको छ। यो सँगै त्यस क्षेत्रमा डेंगुका बिरामीको संख्या त्रीचालिस पुगेको छ।
केहीदिन देखि बुटवलस्थित लुम्बिनी अञ्चल अस्पताल, आम्दा अस्पताल तथा सिटी अस्पताल लगाएतका स्वास्थ्य संस्थामा उपचारका लागि आएका बिरामी मध्ये त्रिचालीस जनामा यो रोगको जीवाणु भेटिएको हो। डेँगुको जीवाणु भेटिएका विरामीलाई थप उपचारका लागि काठमाडौं र चितवन पठाइएको जिल्ला जनस्वस्थ्य कार्यालय रुपन्देहीका प्रमुख महेश्वरमान श्रेष्ठले जानकारी दिनुभयो। लामखुट्टेको टोकाइवाट सर्ने यो रोग बारे बुटवल आसपासका क्षेत्रमा जनचेतना मुलक कार्यक्रम सन्चालन गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ।
यता, डेँगुका बिरामीको संख्या बढ्दै गएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट बिशेषज्ञ सहितको टोली बुटवल पुगेको छ। महाशाखाका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर विश्वराज खनालको नेतृत्वमा विशेषज्ञहरु सम्मिलित टोली बुटवल प्रस्थान गरेको हो।