काठमाडौं, कार्तिक ९ – कांग्रेस सभापति सुशील कोइरालाले १२ औं महाधिवेशनमा सभापति पराजित शेरबहादुर देउवालाई केन्द्रीय सदस्यमा मंगलबार मनोनयन प्रस्ताव गरेका छन् ।
मनोनयन पत्रको प्रस्ताव मंगलबार नै कांग्रेसका मुख्य सचिव रामचन्द्र पोखरेलले देउवालाई हस्तान्तरण गरेका छन् । देउवाको मनोनयन भने केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने छ ।
असोज पहिलो साता भएको निर्वाचनमा सभापतिमा कोइरालाले देउवालाई हराएका थिए । कांग्रेस विधानअनुसार सभापतिले निर्वाचित केन्द्रीय सदस्यमध्येबाट एक उपसभापति र महामन्त्रीसहित १६ जना केन्द्रीय सदस्य मनोनयनको केन्द्रीय समितिमा प्रस्ताव गर्न पाउँछन् ।
कांग्रेसको पहिलो केन्द्रीय समिति बैठक कात्तिक ११ गते बस्दैछ ।



