माओवादी बाबुराम भट्टराईद्वारा सरकारले जबरजस्ती पूर्ण बजेट ल्याए त्यो अमान्य हुने चेतावनी

लालप्रसाद शर्मा

 

पोखरा, कार्तिक १० – माओवादी उपाध्याक्ष बाबुराम भट्टराईले सरकारले जबरजस्ती पूर्ण बजेट ल्याए त्यो माओवादीलाई अमान्य हुने बताएका छन्  ।

कामचलाऊ सरकारले पूर्ण बजेट ल्याउन नसक्ने भन्दै भट्टराईले यदि सरकारले जबरजस्ती गरेमा त्यस विरुद्ध उत्रिने चेतावनी दिए ।  

व्यक्तिगत भ्रमणमा मुस्ताङ पुगेर फर्किएका भट्टराईले बुधबार बिहान पोखरा विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै काम चलाऊ सरकारलाई पुर्ण बजेट ल्याउने अधिकार नभएको दाबी गरे । उनले सहमतिको सरकार बनाएर पूर्ण बजेट ल्याउने नभए संविधानको धारा ९६ संसोधन गरी नियमीत खर्च चलाउने हिसबले बजेट ल्याउने विकल्प अघि सारे ।

भट्टराईले पटक पटक राष्ट्रिय सहमतिको सरकारमा जोड दिए । उनले अहिलेको संक्रमणकालिन अवस्थाको माओवादीले अन्त्य चाहेको भन्दै यसका लागि शान्ति र संयुक्त राष्ट्रिय सरकारमा सहमति आवश्यक पर्ने बताए । तर सत्तासिन दलहरू अहिले सहमतिको बाधक बनेको भट्टराइले आरोप लगाए । उनले माओवादी जनसेनाका कमाण्डरहरूको चीन भ्रमणलाई विवादीत नबनाउन आग्रह गर्दै बिदामा बसेका कमाण्डरहरू सरकारी राहदानी प्रयोग गरी बिदा मनाउन जानु नौलो नभएको बताए । भ्रमणम गएका

कमाण्डरलाई कारबाही गर्छु भन्ने प्रधानमन्त्रीको भनाईमा कुनै तुक नभएको उनको भनाई थियो ।