पश्चिमनेपाल बस व्यवसायी संघमा नयाँ नेत्रित्त्व /१६ औं साधारण सभा तथा अधिवेशन आज हँदै

    – किरण पाण्डे
 बुटवल सहयोगी 


पश्चिम नेपाल बस व्यवसायी संघ बुटवलमा अध्यक्ष सहित सबै पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् ।
 
तीन ठूला राजनीतिक दलहरुले पदाधिकारीहरुको भागवण्डा गरी निर्विरोध गराएका हुन् । संघको बुधबार सम्पन्न मनोनयन गर्ने पूर्वनिर्धारित समय तालिकाभित्र ती पदहरुमा एकएक जनाले मात्र उम्मेदवारी दर्ता गराएका कारण पदाधिकारीहरु निर्विरोध भएका हुन् ।
 


जस अनुसार अध्यक्षमा एकीकृत नेकपा माओवादी निकटका कलाधर न्यौपाने वरिष्ठ उपाध्यक्षमा पनि सोही पार्टी निकटका दधीराम खरेल निर्वाचित भएका छन् । संघको महासचिवमा एमाले निकटका गणेश बहादुर भट्टराई,उपाध्यक्षमा नेपाली कांग्रेस निकटका कृष्ण बहादुर खड्का र एमाले निकट नारायण प्रसाद घिमिरे निर्विरोध निर्वाचित भएका छन् । त्यसै गरी सचिवमा एमाले निकटका जीवन कुमार बाजाडे निर्वाचित भएका छन् भने सह-सचिवमा कांग्रेस निकटका पदमराज गाहा र लोकनाथ न्यौपाने निर्वाचित भएका छन् । संघको विधान अनुसार उपाध्यक्ष र सहसचिवमा दुई जना रहने व्यवस्था छ । कोषाध्यक्षमा पनि कांग्रेस निकटकै उपेन्द्रमान श्रेष्ठ निर्वाचित भएका छन् ।


यद्यपि यसको आधिकारिक घोषणा भने अन्य सदस्यहरुको निर्वाचन पश्चात कार्तिक २७ गते हुने जनाइएको छ । संघको १६ औं साधारण सभा तथा अधिवेशन आज हुँदै छ भने निर्वाचन शनिबार सम्पन्न हुने जनाइएको छ । आज हुने अधिवेशनमा २२ सदस्यको लागि ५६ जनाको उम्मेदवारी परेको महासचिव दधीराम खरेलले जानकारी दिए । निर्वाचनमा संघमा आबद्ध १७ सय बढी सदस्यहरुले मतदान गर्ने जनाइएको छ । संघको प्रधान कार्यालय बुटवलमा छ भने संघद्वारा नेपालका पश्चिम क्षेत्रहरुमा बससेवा चल्ने गर्छन् । अहिले सो बस व्यवसायी संघ द्वारा नेपाल भर आफ्नो सेवा विस्तार गरिसकेको छ भने नेपालकै ठुलो संघ बन्न सफल भएको छ ।