अखाँटा यूएई डेस्क-गत कार्तिक १६ गते जाजरकोट खलगां गाविस वडा नं २ थाप्लेचौरमा बलात्कृत भएकी ४ वार्षिय बालिकालाई बलत्कार गर्ने उनकै बाजे भएको पुष्टि भएको छ ।
झण्डै डेढ हप्ताको प्रहरी अनुसन्धानले बलत्कारमा संलग्नको पहिचान भएको हो । बालिकालाई उनकै मावली बाजे ६५ वर्षिय हेमन्त बहादुर शाहीले गएको मंगलबार विहान ४ बजे तिर घर नजिकैको जगंलमा लिएर बलत्कार गरेको भनाइ प्रहरीको छ ।
बालिका बलात्कृत भएपछि प्रहरीले अनुसन्धानका क्रममा बलत्कारी हजुरबा भएको पत्ता लगाएको हो । हाल प्रहरीको नियन्त्रणमा रहेका शाहीले नातिनीलाई बलत्कार गरेको प्रहरी समक्ष स्विकारेको प्रहरी नायब उपरिक्षक रामप्यारा खरेलले बताए । उनले आफ्नै घरमा सुतीरहेको मौका छोपेर राती बालिकालाई नजिकैको जंगलमा लगेर बलात्कार गरेको स्विकार गरेका हुन् । बलत्कारको अभियोग लागेका शाहीले नातिनिलाई बलात्कार गरेर बेहोस अवस्थामा छाडी आफुले लगाएको कपडा समेत जगंलमै लुकाएर घर फर्केको प्रहरी समक्ष साविति बयान दिएका छन् । बालिकाले पनि आफुलाई बलत्कार गर्ने हजुरबा नै भएको प्रहरीलाई बताएकी छन् ।
प्रहरीले अभियुक्त हेमन्त शाहीका विरुद्ध जर्वजस्ती करणी र हाडनाताकरणी सम्बन्धि मुद्दा चलाउने प्रक्रिया अगाडी बढाएको छ ।



