घरायसी विवादमा आफ्नै बाबुलाई कुटेर हत्या

झापा (सुरुङ्गा), कार्तिक २६ – झापा राजगढ-३ का २२ वर्षीय जलान्धर राजवंशीले आफ्नै बाबुलाई कुटेर हत्या गरेका छन् ।

घरायसी विवादमा शुक्रबार बिहान ८:३० बजेतिर आफ्नै बाबु ६० वर्षीय टेडु राजवंशीलाई निर्घात कुटपिट गरी उनले हत्या गरेका हुन् ।

घटनामा संलग्न राजवंशीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस