माओवादीले देशलाई असफल राष्ट्र बनाउन खोज्दै छ- एमाले नेता ओली

– सीता भण्डारी

 

कात्तिक २८ गुल्मी   – नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले माओवादीले देशलाई असफल राष्ट्र बनाउन लागिपरेको बताएका छन ।

 

उनले बजेट ल्याउनमा अवरोध सृजना गरेर माओवादीले देशलाई असफल राष्ट बनाउन खोजेको आरोप लगए । एमाले प्रचार विभाग गुल्मीले आईतवार तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ओलीले माओवादीलाई बन्दुक मोह त्यागी नागरिक पाटी बन्न सुझाव दिए । उनले माओवादीलाई सरकारको नेतृत्व दिन खोज्नु ठुलो भुल हुने भन्दै उनले अराजकताको बाटो त्याग्न आग्रह गरे ।

 

स्थायी समिति सदस्य समेत रहेका ओलीले एमाले जहिले पनि हिसां तानासाही  असमानता र अतिबादको बिरुद्धमा भएकाले माओवादीलाई थाङग्रोमा सुताएर देशमा बजेट ल्याएरै छाड्ने पक्षमा आफुहरु रहेकाले माओवादीले देशलाई असफलतथा बजेटबिहीन बनाउनका लागि षड्यन्त्र गरिरहेको आरोप लगाउदै बढी  नचम्कीन समेत चेतावनी दिए  ।