सुनसरी र धनकुटा सडकखण्डमा बनभोज खाएर फर्किंदै गरेको यात्रुबाहक बस दुर्घटना, दुईको मृत्य, ४० जना घाइते

– प्रदीप मेन्याङ्बो

 

धरान – धरान नजिकै आपगाछी घुम्तीमा आइतबार साँझ साढे ६ बजे भेडेटारवाट धरानतर्फ आउँदै गरेको को १ ख २०६० नम्वरको वस दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ ।

सुनसरी र धनकुटाको वीचमा पर्ने भेडेटारमा बनभोज खाएर फर्किंदै गरेको वस दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक केशव भट्टराईले जानकारी दिए ।

बसमा चढेका मध्ये ४० जना घाइते भएका छन् । दुर्घटनामा मोरङ मृगौलिया ८ बस्ने ५० वर्षिया पदममाया वस्नेत र मृगौलिया ५ बस्ने १६ वर्षिय शर्मिला चौलागाईंको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइते मध्ये २ जनाको अवस्था गम्भिर छ । १८ जना डिस्चार्ज भइसकेका छन् । दुर्घटनाको कारण खुल्न नसके पनि चालकले मादक पदार्थ बढी खाएको हुन सक्ने प्रहरीले जनाएको छ ।