अब बुधबारदेखि सातामा २८ घण्टा लोडसेडिङ (तालिकासहित)

काठमाडौं – मर्मतका लागि ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्गदी जल विद्युत केन्द्र सोमबारदेखि बन्द भएपछि बुधबारदेखि सातामा २८ घण्टा लोडसेडिङ हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले सोमबार नै लोडसेडिङ तालिका सार्वजनिक गरेको छ ।

अब सातामा ६ दिन लोडसेडिङ हुने छ । पाँच दिन दैनिक ५ घण्टाका दरले र एक दिन भने ३ घण्टामात्र लोडसेडिङ हुने प्राधिकरणको लोडसेडिङ तालिकामा उल्लेख छ ।

बाँकेको कोहलपुरदेखि पश्चिमको क्षेत्र, सुनसरीको दुहवी र झापाको अनारमनी सवस्टेसनबाट आपुर्ति हुने क्षेत्रहरुमा भने प्राधिकरणले स्थानिय रुपमा लोडसेडिङ्ग तालिका सार्वजनिक गर्ने जनाइएको छ ।

हेटौडा-वीरगन्ज ६६ केभी-१ सर्किटमा हरेक दिन १२ बजेदेखि ६ बजे सम्म लोडसेडिङ्ग हुनेछ । ११ केभी औद्योगिक फिडरहरु र ३३ केभीबाट वितरण भएका उद्योगहरुमा हरेक दिन १० बजे देखि भोलिपल्ट विहान ३ बजेसम्म लोडसेडिङ्ग हुने प्राधिकरणले जनाएको छ ।

लोडसेडिङ तालिका हेर्न यहाँ क्लिक गर्नुहोस्