मध्य र सुदुरपश्चिमाञ्चलका पहाडी जिल्लामा वितरणका लागि जापानी चामल नेपालगन्जमा

बाँके, खजुरा – खाद्यान्न अभाव भइरहेका मध्य र सुदुरपश्चिमाञ्चलका पहाडी जिल्लामा वितरणका लागि जापानी चामल नेपालगन्ज ल्याइएको छ ।

नेपाल खाद्य संस्थानका अनुसार पहिलो चरणमा १४ हजार ७५७ क्विन्टल चामल नेपालगन्ज ल्याइएको हो ।

सुर्खेत जिल्लामा पनि ४५ हजार क्विन्टल जापानी चामल लैजाने तयारी भइरहेको अञ्चल कार्यालय भेरीका प्रमुख भगवान पन्तले जानकारी दिए ।

खाद्यान्न अभाव हुने मध्य र सुदूरपश्चिमका जिल्लामा नेपालगन्ज र सुर्खेतबाट चामल ढुवानी हुँदै आएको छ । रासस