माओवादी पुष्पकमल दाहालको छोरापट्टिबाट नाति लाभ

काठमाडौं – एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको छोरापट्टिबाट नाति भएको छ। बुधबार विहान ७ बजे जनमैत्री अस्पतालमा छोरा प्रकाश दाहालकी श्रीमतीले छोरा जन्माएका हुन्।

 

तीन छोरी र छोरा प्रकाश मात्रै हुन। अस्पतालमा साढे ३ केजीको स्वस्थ्य छोरा जन्मिएको दाहाल परिवारका सदस्यले बताए। नाति र बुहारीको हेरचाह गर्न दाहाल पत्नी सीता अस्पतालमै बसेकी छन्। दाहालले भने नाति हेर्न जान भ्याएका छैनन्।