विस्तारित बैठक नजिकिदै गर्दा माओवादीमा तिब्र गुटबन्दी, मध्यमार्गी नेताहरु मिलाउन सक्रिय

काठमाडौ । विस्तारित बैठक नजिकिदै गर्दा एकीकृत नेकपा माओवादीभित्र उत्पन्न गुटबन्दीकाविरुद्ध मध्यमार्गी नेताहरु कडारुपमा प्रस्तुत हुने भएका छन्।


अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्षद्वय मोहन बैद्य र डा. बाबुराम भट्टराई पक्षधरहरुले आफ्नो दस्तावेज पारित गराउन पार्टीभित्र तिब्र गुटबन्दी बढाएको उनीहरुको आरोप छ। तीन वटै दस्तावेज राज्य र जिल्ला समितिमा बहस चलाउने तर लविङ्ग गर्न नपाइने निर्णका विरुद्ध पार्टीभित्र गुटबन्दी गरेको र गुटबन्दीबाट पार्टीमा अस्वस्थ प्रतिष्पर्धा भित्र्याएको मध्यमार्गी नेताले आरोप लगाएका छन्।


पार्टीको विस्तारित बैठक नजिकिँदै गर्दा नेता तथा कार्यकर्ताहरु गुटबन्दीविरुद्ध मध्यमार्गी धारमा देखिएका हुन्।
यता १६ सदस्यीय स्थायी समितिका कतिपय नेता पार्टीभित्र उत्पन्न गुटबन्दी र विवाद टुंगो लगाउन स्थायी समितिको बैठक बोलाउने तयारीमा जुटेका छन्। उनीहरुले विस्तारित बैठक पूर्व नै स्थायी समिति बैठक बोलाएर तीन वटै प्रस्तावकलाई एकीकृत प्रस्ताव लैजाने दबाब दिने बताइएको छ।


अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकीकृत प्रस्तावको तयारीमा जुटे पनि उपाध्यक्षद्वय बैद्य र भट्टराई भने आफ्नो प्रस्तावमा पनि छलफल हुनुपर्ने अडानमा छन्।