काठमाडौं – भ्रष्टाचार गरेको भन्दै काठमाडौं महानगरपालिका वडा नम्बर २२ का सचिव शिवराज सोतीलाई स्थानीयवासीले थुनेका छन् ।
आरबी कम्प्लेक्स छेवैको खाली जग्गामा नयाँ भवन निमार्ण गर्न अनुमति दिएको भन्दै शुक्रबार स्थानीयवासीले आरबी कम्प्लेक्सको भवनभित्र सोतीलाई थुनेर राखेका थिए ।
दिउँसो साढे २ बजे प्रहरीले सचिवमाथि दुव्र्यवहार गर्ने ३५ जनालाई नियन्त्रणमा लिएको थियो । तीमध्ये ५ जनालाई थुनामा राखेर अनुसन्धान भइरहेकोे महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।



