पिसाब चुहिने समस्या

– उपासना पाण्डे

 

धादिङकी ६० वषर्ीया मैया पाठकको पिसाब चुहिन थालेको एक वर्षजति भयो। उनको पिसाब हाँस्दा, खोक्दा, गह्रांै भारी उचाल्दा र कहिलेकाहीँ यत्तिकै पनि  चुहिन्छ। सुरुमा पाटन अस्पत्ालमा उपचार गर्न गएकी पाठकले प्रसूति गृह थापाथलीमा पिसाब चुहिने समस्याको उपचार हुने कुरा थाहा पाइन्। उनको पिसाबको थैली चाहिने भन्दा बढी सेन्सेटिभ भएकाले पिसाब चुहिएको उपचारका क्रममा पत्ता लाग्यो। थापाथलीमा २० महिनाअघि यो सेवा -युरोगाइनोकोलोजी) प्रारम्भ भएको प्रसूति गृहकी प्रोफेसर, प्रमुख डा पुष्पा चौधरी बत्ााउँछिन्। युरोगाइनोकोलोजी अन्तर्गत पिसाब चुहिने समस्या, महिलाको आङ खस्ने, योनिसम्बन्धी त्था दिसा रोक्न नसक्ने समस्यालगायत भल्ट प्रोल्याप्स -पाठेघर निकालिसकेपछि योनिको माथिको भाग खस्ने) समस्याको पनि उपचार हुन्छ।

४८ वषर्ीया जानकी मल्लको पिसाब चुहिन थालेको १० वर्ष जति भएको थियो। गत साउनदेखि उनलाई यो समस्याले अति नै सत्ाायो। उठ्दा बस्दा, हिँड्दा, खोक्दा पनि पिसाब चुहिने उनले नारीलाई बत्ाइन्। पिसाब चुहिने समस्याले गर्दा उनी जहिले पनि प्याड लगाउँथिन्। उपचारका क्रममा एकजना चिकित्सकमार्फत् उनले थापाथलीमा यस्त्ो सेवा सुरु भएको थाहा पाइन्। डाचौधरीले उनको शल्यक्रिया गरेपछि समस्या समाधान भएको छ।   


पिसाब किन चुहिन्छ ?


पिसाब चुहिने समस्या पुरुषको तुलनामा महिलालाई बढी हुन्छ। महिलाको गर्भावस्था एवं प्रसवावस्थामा योनि वरिपरिको मासु तथा तन्तुमा प्रेसर पर्छ। फलस्वरूप पिसाब चुहिने समस्या देखापर्छ। गर्भवती हुँदा पाठेघरमा प्रेसर हुन्छ र छिनछिनमा पिसाब लाग्छ। त्यस्तै डेलिभरीको समयमा लामो बेथा लागे पनि पछि गएर पिसाब चुहिने समस्या उत्पन्न हुन्छ। ठूलो शिशु जन्माउने महिलामा पनि पिसाब चुहिने समस्या देखिन सक्छ तर सबै महिलामा यो लागू हुँदैन। कुनै-कुनै औषधिले पनि बढी पिसाब आउँछ अर्थात् पिसाब नियन्त्रण गर्न कठिन हुन्छ।


एक वर्षअघि प्रसूति गृह थापाथलीमा उपचारका लागि आएका महिलाहरूमध्ये २५ देखि ४० प्रतिशतमा पिसाब चुहिने समस्या देखिएको थियो। अन्य उपचारका लागि आएका सबै महिलामा यो अनुसन्धान गरिएको थियो।


कामको चापले समस्या


गर्भावस्था तथा सुत्केरी अवस्थामा राम्रो स्याहार नपुगेका महिलामा पछि गएर पिसाब चुहिने समस्या उत्पन्न हुनसक्छ। सुत्केरीपछि छिट्टै गह्रौं भारी बोक्ने महिलामा पनि पिसाब चुहिने समस्या देखिएको छ। धेरैजसो महिलाको जुरुक्क उठ्दा, खोक्दा, हाच्छ्युँ गर्दा पनि पिसाब चुहिन्छ।


 


उमेर वृद्धिसँगै पिसाब चुहिन्छ


डाचौधरीका अनुसार कतिपय महिलाको उमेर वृद्धिसँगै पिसाब चुहिने समस्या पनि उत्पन्न हुन्छ। पिसाब आयो भने नियन्त्रण गर्न सक्दैनन् र ट्वाइलेट पुग्न नभ्याउँदै पिसाब चुहिन्छ। महिनावारी सुक्ने -मेनापज) बेला भएका महिलामा पनि पिसाब चुहिने समस्या पर्छ। ५०-६० वर्ष पुगेका महिलामा यस्त्ाो समस्या देखिएको छ। यो उमेरमा महिलामा हुने एस्ट्रोजोन हार्मोनको कमी हुन्छ। यसले गर्दा शरीरमा भएका तन्तु कमजोर हुन्छन् र पिसाब चुहिने समस्या उत्पन्न हुनसक्छ।


 


उपचार कहाँ र कसरी गरिन्छ ?


पिसाब चुहिने समस्याको उपचार प्रसूगिृह थापाथलीमा हरेक आइतबार ९ बजेदेखि २ बजेसम्म  हुन्छ। डा चौधरीले बेलायतमा गएर त्ाालिम लिएपछि प्रसूतिगृहमा यस्त्ाो सेवा सुरु गरिएको हो। यहाँ बेलाबेलामा बेलायत तथा नेदरल्यान्डका चिकित्सक आएर पनि यो    सेवासम्बन्धी वर्कसप तथा त्ाालिम दिने गरेका छन्। प्रसूति गृह थापाथलीमा मात्र सीमित यो सेवालाई बिस्त्ाारै बाहिरी जिल्लामा पनि लाने योजना रहेको डा चौधरीले बत्ााइन्।


पिसाब चुहिने समस्याको उपचार बिरामीको रोगको प्रकृति हेरेर गरिने डाचौधरी बताउँछिन्। कुनै बिरामीले योनिको अभ्यास गरेर मात्र पनि रोग निको पार्न सक्छन् भने कतिपय बिरामीले मल्हम लगाउनुपर्ने तथा औषधि सेवन गर्नुपर्ने हुन्छ। रोग लागेको धेरै समयपछि बिरामी उपचार गर्न आए शल्यक्रिया गर्नुपर्ने हुनसक्छ। त्यसैले समस्या देखा पर्नासाथ अस्पताल पुग्नु आवश्यक छ।


 


रोकथाम


गर्भावस्था त्था सुत्केरी अवस्थामा शरीरको विशेष हेरविचार गर्नुपर्छ। गह्रौं भारी बोक्ने काम गर्नुहुँदैन। प्रसूति विशेषज्ञबाट प्रसव गराएपछि पिसाब चुहिने समस्या देखापर्दैन। धेरैजसो ग्रामीण महिलाले सुत्केरी अवस्थामा दक्ष मानिसबाट सुत्केरी गराउन पाउँदैनन्। यसकारण उनीहरूमा समस्या हुन्छ। महिलाले सुत्केरी भएपछि पनि राम्रो स्याहार तथा आराम गर्नुपर्छ। सन्त्ुलित आहार पर्याप्त खानुपर्छ। पिसाब चुहिने समस्याबाट बच्न चुरोट पिउनुहुँदैन। चिया पनि कम पिउनुपर्छ। दिनमा २ देखि ३ लिटरसम्म पानी पिउनुपर्छ। धेरै सन्तान जन्माउनुहुँदैन। समस्या देखिए चिकित्सकको सल्लाह लिएर उपचार गराउनुपर्छ। यो समस्याबाट जोगिन जीवनलाई व्यवस्थित गर्नुपर्छ।