सर्वोच्चद्वारा हातहतियारको लगत नराखेको भन्दै सरकारको नाममा १५ दिनभित्र सोको कारण देखाउन आदेश जारी

काठमाडौ । सर्वोच्च अदालतले हातहतियारको लगत नराखेको भन्दै सरकारको नाममा १५ दिनभित्र सोको कारण देखाउन आज आदेश जारी गरेको छ ।


मङ्सिर ३ गते दायर भएको उक्त रिटमा न्यायाधीश दामोदरप्रसाद शर्माको एकल इजलाशले सो आदेश जारी गरेको हो ।


अधिवक्ता तुलसी सिंखडाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संसदीय सुनुवाई विशेष समिति, व्यवस्थापिका संसद सचिवालय तथा गृह मन्त्रालयलाई विपक्षी बनाइ रिट दायर गर्नुभएको थियो ।


सिंखडाले अवैधानिक तरिकाले सञ्चालनमा रहेका हातहतियारले देशमा आतङ्क मच्चाइरहेकाले सरकारले तत्काल ती हतियार कब्जामा लिएर त्यसको लगत राख्न परमादेश जारी गर्न माग गर्दै रिट दायर गर्नुभएको थियो ।