नयां सबिधान बने मधेश लगायत मुलुकका सबै उत्पीडित उपेक्षितको अधिकार सुनिश्चत हुने भएको र त्यसको पक्षमा माओवादी नरहेकोले नयां सबिधान बन्न नदिन माओवादी बिभिन्न षडयन्त्र गरिरहेको उनको भनाइ थियो ।
सुनसरी सदरमुकाम इनरुवामा मंगलबार पत्रकारहरुसित कुरा गर्दै उनले सरकारले अध्यादेश मार्फत ल्याएको वजेट पुर्ण रुपमा कार्यान्वयन हुने दावी गरे ।
संसदको अधिबेसन अन्त भएपनि प्रधानमन्त्रीमा रामचन्द्र पौडेलको उम्मेदवारी कायमै रहने उनले बताए । सदभावना पार्टीका अध्यक्ष समेत रहनुभएका मन्त्री महतोले प्रधानमन्त्री निर्वाचनको झेल तीनदलले तत्काल समाधान गर्नुपर्ने बताए ।
मधेसीवादी दलहरुमा मतभेद र विभाजनकै कारणले मधेसमा मधेसी जनताले चाहे अनुसारको अधिकारवाट वन्चित रहेको उनले बताए । उनले प्रमुख दलहरुले मधेसवादी दलहरुलाई फुटाउ र राज गर सिद्धान्त अनुसार फुटाईरहेकोे आरोप लगाए । काम चलाउ सरकार कहिलेसम्म टिकने संचारकर्मीको जिज्ञासामा मन्त्री महतोले नयां सरकार नवनेसम्म टिकने बताए ।



