कामचलाउ सरकारले बजेट ल्याउनु गणतन्त्रको उपहास -थापा

सीता भण्डारी  


गुल्मी ७ मसिंर – राष्ट्रिय प्रजातन्त्र पार्टिका केन्द्रिय अध्यक्ष कमल थापाले राष्ट्रपतिले राजीनामा स्वीकृत गरेको प्रधानमन्त्रीको शिफारिसमा संसद विघटन गरेर प्रजातत्र र गणतन्त्रको उपहास गरेको आरोप लागाएका छन ।


उहाँले राजीनामा स्वीकृत भएको प्रधानमन्त्रिले वजेट पेस गर्नु गणतन्त्र प्रतिकै उपहास भएको भन्दै उक्त कार्यले राष्ट्रपति विवादको घेरामा परेको र उहाँको नियत माथि आशंका गर्नु पर्ने अवस्था आएको समेत वताए । राप्रपा नेपाल गुल्मीले आज सदरमुकाम तम्घासमा आयोजना गरेको आम सभामा वोल्दै अध्यक्ष थापाले उक्त कुरा व्यक्त गरेका हुन ।


संविधान सभामा माओवादीले मन्त्री र सभासदलाई भौतिक आक्रमण गरेर प्रजातन्त्र र गणतन्त्रको निधारमा कालो कलंक लगाएको भन्दै यस्ता अभद्र र असिष्ट व्यवहारले संविधान सभा गाईजात्रे नाटक माचन गर्ने र छाप लागाउने रवर स्ट्यामको रुपमा मात्र काम गर्ने गरेको आरोप लागाए ।


थापाले सरकारले शान्ति र संविधानको नाममा १ सय अर्व रुपैयाँ भन्दा वढी खर्च गरेर राज्यको ढुकुटी रित्याएको भन्दै शान्तिलाई निष्कर्षमा पुराउनकालागि राजसंस्था-गणतन्त्र र संघियताको वारेमा जनमत संग्रह गर्नु पर्ने जिकिर गरेका थिए । देशमा धर्म निरिपेक्ष घोषणा गरेपछि आपसी सद्भाव खल्वलीएको भन्दै धर्म परिवर्तनको शिकारमा सवै भन्दा वढी आदिवासी र जनजातीहरु परेको उनको दाबी थियो ।


कार्यक्रममा रा.प्र.पा. नेपालका महामन्त्री गणेश शेरचन,वरिष्ठ नेता डा,भुवनशमसेर राणा,केन्द्रीय सदस्य रुपिसंह थापा लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम पार्टीका गुल्मी जिल्ला अध्यक्ष त्रिबिक्रम चन्दको अध्यक्षता र सचिव ठाकुर प्रसाद पाण्डेको सन्चालनमा सम्पन्न भएको थियो ।