कपिलवस्तुमा चार दिन अघि अपहरित दुई वर्षिय नाबालकको फिरौतीका लागि अपहरणकारीले २० लाख फिरौती रकम मागे

– मनोज पौडेल

 

कपिलवस्तु  – चनइजवाट चार दिन अघि अपहरित दुई वर्षिय नाबालक दिपेन्द्र जीशिको फिरौतीका लागि अपहरणकारीले २० लाख फिरौती रकम मागेको छ । चनई गाबिस-५ खरेन्द्रपुरबाट शनिबार राती ९ बजे अज्ञात समूहले २ बर्षे बालकको अपहरण गरेको हो । 

अपहरणकारीले बाबु माधवलाई फोन गरी २० लाख फिरौती माग गरेको परिबारिक स्रोतले जनाएको छ । अपहरणकारीले मंगलबार दिउँसो १ बजे सम्म १५ लाख दिए छोरालाई सकुशल छोड्ने बताइ फोन गरेका थिए ।

यस अघि अपहरणकारी २० लाख माग गरेका थिए । अपहरणकारीले पटक पटक गरी ३ पटक फोन गरेर छोरा अपहरणमा परेको भन्दै फिरौती रकम र छोराको सुरक्षा चिन्ता गर्न आग्रह गरेका थिए । स्रोतका अनुसार जिसी परिबारले केहि दिन अघि १० लाखमा जग्गा विक्री गरेको थिए । त्यही थाहा पाएपछि पैसाका लागि उनको अपहरण भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । समान्य परिबारका उनीहरुले अपहरणकारीले माग गरेको रकम दिन नसक्ने अबस्थामा छन् । सिकर्मी पेशा गरी जिसी परिबारले जिबिकोपार्जन गर्दै आएका छन् ।

गुल्मीका एक ब्यक्तीको नाममा रहेको उक्त नम्बर बुटबलबाट झिकिएको छ । काम लाग्दा प्रयोग गर्ने नभए स्बिच अफ गरेर राख्ने गरेका छन् । अपहरण यता अपहरणकारीले उक्त नंबरबाट अपहरित दिपेन्द्र जिसीका बाबु र गुल्मीको एक बिद्यालय मात्र कल गरेका पाईएको स्रोतले जनाएको छ ।

अपहरणको मुद्दामा प्रहरीको काम कार्यबाही संतोषजकन नभएको भन्दै मंगलबार दिउँसो बिद्यार्थी र अभिभाबकले चन्द्रौटामा बिरोध प्रदर्शन गरेका छन् । पुर्ब पश्चिम राजमार्ग स्थित खरेन्द्रपुरबाट निस्किएको जुलुस चन्द्रौटा बजारमा पुगेर कोण सभा गरेका थिए । त्यस्तै  १२ बजे देखि जिल्लाको दोस्रो प्रमुख ब्यापारिक केन्द्र चन्द्रौटा र खरेन्द्रपुर बजार बन्द गरिएको थियो । त्यस्तै अभिभाबक र बिद्यार्थीरुहले ईलाका प्रहरी कार्यालय, चन्द्रौटाको गेट अघि गई नाराबाजी र धर्ना समेत गरेका थिए । जुलुसमा समयथान उच्च माबि खरेन्द्रपुर, नेपाल राष्ट्रिय उच्चमाबि चन्द्रौटा र भगबती निमाबी नया बस्तीका बिद्यार्थीहरु सहभागी रहेका थिए ।

प्रहरी सक्रिय भई अपहरणकारीको खोजीमा लागेको ईप्रका, चन्द्रौटाका निरिक्षक यज्ञ भट्टराईले बताए । उनले सीमा क्षेत्रका भारतीय प्रहरीहरुसंग पनि समन्वय गरी अपहरणकारी सम्म पुग्ने प्रयास भईरहेको र यसका छिट्टै सफलता हात लाग्ने बताए ।

प्रहरी र अभिभाबक बिच बार्ता

स्थानिय बासिन्दा बिरोधमा उत्रिए पछि प्रहरी अभिभाबक बीच मंगलबार ईप्रका, चन्द्रौटामा बार्ता भएको छ ।

बार्तामा एसपी शरद चन्दले प्रहरी अनुसन्धानलाई नतिजामुखी बनाउन एक-दुई दिन समय दिन माग गरेका छन् । उपरीक्षक चन्दको प्रतिबद्धता पछि अभिभावकहरु पनि एक दुई दिन हेर्रौ भन्दै फर्किएको बार्तामा सहभागी महादेब पोख्रेलले बताए ।