माओवादीले छैटौं विस्तारित बैठकबाट जनताको पक्षमा संविधान लेख्ने वातावरण बनाउन भन्दै जनदवाव र सङ्घर्षका कार्यक्रम तय गर्ने

पालुङ्टार गोरखा । एकीकृत नेकपा माओवादीले छैटौं विस्तारित बैठकबाट जनताको पक्षमा संविधान लेख्ने वातावरण बनाउन भन्दै जनदवाव र सङ्घर्षका कार्यक्रम तय गर्ने भएको छ ।


गोरखाको पालुङटारमा गएको आइतबारदेखि जारी विस्तारित बैठकले शीर्ष तीन नेताका सहमतिका विषय समेटेर तत्कालीन यस्तो कार्यदिशा बनाउने भएको हो । राजनीतिक गतिरोधलाई सम्बोधन हुने गरी संविधानसभाको थपिएको समयावधिसम्मका लागि सङ्क्रमणकालीन कार्यदिशा बनाउन शीर्ष नेतृत्वबीच सहमति भइसकेको स्रोतको दावी छ ।


यस विषयमा बिहान बसेको स्थायी समिति बैठकमासमेत छलफल भएको थियो । स्थायी समिति सदस्य वर्षमान पुन