लहान – जिल्ला प्रहरी कार्यालय सिरहाले सगरमाथा अञ्चलकै प्रमुख ब्यापारिक केन्द्र लहानको सुरक्षाको स्थितिमा सुधार ल्याउन आजबाट विशेष प्रहरी अप्रेसन सुरु गर्ने भएको छ ।
सामुदायमा बढ्दै गएको हत्या, अपहरण, चोरी, लुटपाट, डकैती तथा जुवतासजस्ता क्रियाकलाप नियन्त्रण गर्न विशेष अप्रेसन सुरु गर्न लागेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक रमेश भट्टराईले जानकारी दिनुभएको छ।
लहान वरपर र सिरहा जिल्लाभर हुने हत्या, अपहरण जस्ता क्रियाकलाप हुने संभावित क्षेत्रमा प्रहरीले नयाँ रणनीतिका साथ अप्रेसन अघि बढाउने बताएको छ ।