काठमाडौ। नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतको आदेशअनुरुप आफूलाई व्यवस्थापिका संसदबाट प्रधानमन्त्री पदमा विजयी भएको घोषणा गर्न सभामुखसँग आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री पदको प्रत्यासीमा हाल नेता पौडेल मात्र एकल उम्मेदवार हुनुहुन्छ । व्यवस्थापिका संसदमा प्रधानमन्त्री चयन गर्न हालसम्म १७ औँ निर्वाचन सम्पन्न भइसक्दा पनि बहुमत सांसदको समर्थन नभएका कारण उहाँ निर्वाचित हुन सक्नुभएको छैन ।
नेता पौडेल र सोही पार्टीका प्रमुख सचेतक लक्ष्मण घिमिरेले आज अपराहृन सभामुख सुवास नेम्बाङसँग भेट गरी सर्वोच्च अदालतको आदेशलाई कार्यान्वयन गर्न मागसमेत गर्नुभयो ।
भेटपश्चात् सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै नेता पौडेलले भन्नुभयो,