भारतीय सीमा सुरक्षा बलका जवानहरुको कुटिपिटबाट एक नेपाली नागरिक गम्भिर घाइते भएका छन्।
रौतहटको बन्जरहा गाविस वडा नम्वर सातका मदनप्रसाद चन्द्रवंशीले घाइते भएका हुन। सीमामा जोडिएका आफ्नो खेतमा गहुँको विऊ छर्न गएका भन्द्रबंशीलाई गुवाबारी हिरापुर क्याम्पका जवानहरुले निर्घात कुटपिट गरेका हुन्। गम्भीर घाइते चन्द्रवंशीको जिल्ला अस्पताल गौरमा उपचार भइरहेको प्रहरी कार्यालय रौतहटले जनाएको छ।
कुटपिटबाट चन्द्रबंशीको देबे्र खुट्टा भाँचिएको र शरीरभरी निलडाम रहेको स्थानीयबासीले जानकारी दिएका छन्। रौतहटका प्रहरी नायव उपरीक्षक गोविन्द थपलियाले घटनावारे स्थानीय प्रशासनले अनुसनधान गरी रहेको र दोषीलाई कार्वाही गर्न भारतीय सीमा सुरक्षा बलका अधिकारीसँग पहल गरिने जानकारी दिनुभयो।