अर्थ मन्त्री सुरेन्द्र पाण्डेले हरेक बर्ष वैशाख १५ गते बजेट ल्याउने मिति निर्धारण गर्न सरकारले तयारी गरिरहेको बताउनु भएको छ। इलामको पशुपतिनगरस्थित भन्सार कार्यालयको निरीक्षणपछि पत्रकारलाई प्रतिक्रिया दिँदै मन्त्री पाण्डेले जस्तोसुकै राजनीतिक समस्या भएपनि तोकिएको मिति अर्थात् बैशाख १५ गते बजेट ल्याउने संवैधानिक व्यवस्था गर्ने तयारी भइरहेको जानकारी दिनुभयो।
अब बस्ने संसदले बजेट पारित गर्ने दाबी गर्दै मन्त्री पाण्डेले बजेट परित गर्न कुनै समस्या नहुने बताउनुभयो।
बजेटलाई राजनीतिक अवरोधमा पार्न नहुने उहाँले बताउनु भयो।



