संसद् सचिवालयले बजेट पेस गर्ने क्रममा मंसिर ३ मा भएको संसद् भित्रको घटनासम्बन्धी अध्ययन पूरा

काठमाडौं, मंसिर १४ – संसद् सचिवालयले बजेट पेस गर्ने क्रममा मंसिर ३ मा भएको संसद् भित्रको घटनासम्बन्धी अध्ययन पूरा गरेको छ ।

सचिवालयले घटना विवरण प्रतिवेदन सभामुख सुवास नेम्वाङलाई मंगलबार बुझाउने तयारी गरेको छ । नियमावलीमा संलग्नलाई कारबाहीसम्बन्धी स्पष्ट प्रावधान नरहेकाले प्रतिवेदनमा घटनाको विवरणमात्र उल्लेख गरिएको सचिवालयका एक अधिकारीले बताए ।

बजेट पेस गर्ने क्रममा माओवादी सभासदहरूले अर्थमन्त्री सुरेन्द्र पाण्डेलगायत मन्त्रीलाई हातपात गर्नुका साथै बजेट पुस्तिका रहेको बि्रफकेस खोसेर फुटाएका थिए ।

सभामुखले मंसिर ३ को घटनाका साथै यसअघि तत्कालीन प्रतिनिधिसभामा भएका घटनाको सन्दर्भसहितको विवरण उतार्न निर्देशन दिएका थिए । सचिवालयले घटनाको भिडियो रेकर्डलगायतका प्रमाण अध्ययन गरी प्रतिवेदन तयार गरेको हो ।