प्रधानमन्त्री माधवकुमार नेपालले महिलाप्रति हुने सवै प्रकारका हिंसा अन्त्य हुनुपर्नेमा जोड दिनुभएको छ। लैङ्गिक हिंसा बिरुद्धको सोह्र दिने अभियान अन्तरगत काठमाडौंमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री नेपालले धार्मिक, सांस्कृतिक, सामाजिक रुपमा महिलाप्रति विभिन्न प्रकारका विभेद भइरहेकोले उल्लेख गर्दै त्यस्ता विभेदले समतामूलक समाज निर्माण हुन नसक्ने बताउनुभयो।
सरकारले सन् दुईहजार दसलाई महिला हिंसा बिरुद्धको वर्ष घोषणा गरेको स्मरण गर्दै प्रधानमन्त्री नेपालले महिला हिंसा रोक्न सरकारले नीतिगत व्यवस्था र कानूनी उपचारको बाटोलाई सहज बनाउने गृहकार्य गरिरहेको जानकारी दिनुभयो।
महिला हिंसा अन्त्यका लागि महिला जागरणको अभियानलाई प्रभावकारी बनाउनुपर्ने प्रधानमन्त्री नेपालको भनाइ थियो।