हजयात्राका लागि साउदीको मक्का पुगेका सात सय एक्काइस नेपाली हजयात्री हिजोसँाझदेखि मक्कामा अलपत्र परेका छन्।
हिजो सँाझ मक्काबाट मदिना जानु पर्ने भएपनि टोली नेताहरु सम्पर्कबिहीन भएपछि नेपाली हजयात्री अलपत्र परेका हुन्।
मदिना जान तयारी अवस्थामा रहेका उनीहरुले हिजो साँझदेखि खाना खान समेत नपाएको बताएका छन्। मक्काबाट हजयात्री इश्लाम विनले दिएको जानकारी अनुसार, हिजो दिउँसो नै बस्ने होटल समेत छाडिसकेकाले उनीहरु सडकमै अलपत्र अवस्थामा रहेका छन्।
नेपाली टोलीको नेतृत्व गरेका शेख लाल बाबु, इश्लाम मियाँ र इन्साफ सम्पर्कमा छैनन्। अलपत्र अवस्थामा रहेका हजयात्रीहरुले नेपालमा फोन गरी सम्पर्क गराइदिन आग्रह गरेका छन्।