काठमाडौ – संविधानसभाको म्याद थपेको ६ महिना बितिसक्दा पनि सभासदहरु संविधान लेख्न छोडेर सत्ताकेन्द्रीत भएको भन्दै युवा दवाव अभियानले आज काठमाडौमा उल्टो पदयात्रा गरेको छ ।
संविधान लेख्ने म्याण्डेट पाएको संविधानसभा सरकार बनाउन र ढलाउनमै अग्रसर भएको भन्दै संविधानसभाको म्याद थपिएको ठिक ६ महिना पुगेको दिन पारेर अभियानले उल्टो पदयात्रा गरेको हो ।
दुई वर्षभित्र संविधान लेख्न नसकिएको भन्दै संविधानसभाले गएको जेठ १४ गते थप गरेको समयको आज ठीक ६ महिना पुगेको छ । संविधानसभाबाट शुरु भएको उल्टो पदयात्रा सिंहदरबारस्थित हनुमानढोकामा आएर कोणसभा गरी सम्पन्न भएकेा थियो ।
६०१ जना सभासदको प्रतिक बनाई अगाडि संविधान र पछाडि सत्ता लेखिएका ब्यानरसहित सहभागीहरुले दवाव यात्रा गरेको संयोजक अजय शिवाकोटीले जानकारी दिनुभयो ।