विस्तारित बैठकमा माओवादी लडाकूलाई सहभागी गराउनु शान्ति सम्झौताको ठाडो उल्लङ्घन पूर्वप्रधानसेनापति कटवालको भएको दाबी

वीरगन्ज। पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवालले एकीकृत नेकपा (माओवादी)को विस्तारित बैठकमा माओवादी लडाकूलाई सहभागी गराउनु शान्ति सम्झौताको ठाडो उल्लङ्घन हो भन्नुभएको छ ।


पर्साको विरगञ्जमा मंगलबार आयोजित साक्षात्कार कार्यक्रममा उहाँले राष्ट्रसङ्घीय राजनीतिक मिसन (अन्मिन)ले समेत लडाकूलाई सहभागी नगराउन लिखित पत्राचार गर्दागर्दै शान्ति सम्झौता विपरित बैठकमा लडाकू सहभागी गराएको विषयमा सरकारले स्पष्ट कुरा राख्न सक्नुपर्ने बताउनुभयो ।


पूर्वप्रधानसेनापति कटवालले माओवादीका दुईचार नेताका स्वार्थका कारण लडाकूलाई शिविरमा कैदीसरह राखेर उनीहरूको जीवन बर्बाद गरिरहेको आरोप लगाउनुभयो ।


पूर्वप्रधानसेनापति कटवालले नेपाल, नेपाली र प्रजातान्त्रिक पद्धतिअनुरुप नेपाली सेना सदैव अगाडि बढेको दाबी गर्दै विभिन्न मुलुकमा सेनाले प्रजातन्त्र अपहरण गरेको उदाहरण रहे पनि नेपाली सेना जहिले पनि प्रजातन्त्र र कानुनी राज्यको संरक्षणप्रति प्रतिबद्ध रहेको छ भन्नुभयो ।


सबल, समृद्ध, अभिभाजित, अखण्डित, स्वतन्त्र र सम्प्रभुसत्ता सम्पन्न नेपालको निर्माण सबै नेपालीको चाहना भएको चर्चा गर्दै पूर्वप्रधानसेनापति कटवालले भन्नुभयो