संविधान सभाको म्याद थपेको आधा समय वितिसक्दा संविधान लेखनको काम ठप्प रहेकाले बाँकी छ महिनामा संबिधान बन्नेमा आशंका

संविधान सभाको म्याद थपिएको छ महिनामा जम्मा एक पटक संविधान सभाको बैठक बसेको छ।


संविधान सभाको नयाँ कार्यतालिका पारित गर्न गन साउन २ गते बसेको उक्त बैठकले तयार पारेको कार्यतालिका समेत अब काम नलाग्ने भएको छ।


नयाँ कार्यतालिका अनुसार असोज मसान्तसम्म संविधान सभाका सबै विषयगत समितिका प्रतिवेदनहरु मुल समितिमा पुग्नुपर्थ्यो।


त्यसैगरी कात्तिक मसान्त भित्र संविधानको पहिलो मस्यौदा लेखिनुपर्थ्यो।


विग्रिएको वातावरण


संविधान लेखन मुल समितिका सभापति निलाम्बर आचार्य पछिल्लोपटक संसदभित्र भएको हातपातको घटना र दलहरुबीचको तीक्तताले संविधान बन्ने वातावरण विग्रिएको बताउँछन्।


गत छ महिनामा सिन्को भाँच्न नसकेका अन्य सभासदहरु पनि अब बाँकी छ महिनामा संविधान बन्छ भन्नेमा ढुक्क छैनन्।


प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीका सभासद खिमलाल देवकोटा संविधान लेखन अगाडि नबढ्नुमा तीन प्रमुख दलहरु र तिनका शीर्ष नेताको अनिच्छालाई कारक ठान्छन्।


राजनीतिक सहमतिमा गत जेठ १४ गते मध्यरातमा एक वर्षका लागि संविधान सभाको म्याद थपेर ठूलो संकटको भूमरीबाट निस्केजस्तो आभाष दिएका राजनीतिक दलहरुले त्यसयता न सरकार बनाउन सकेका छन् न त संविधान लेख्न नै।


नेपाली कांग्रेसका प्रमुख सचेतक लक्ष्मण घिमिरे नेताहरुका अहिलेका गतिविधिले झन निराशा बढाएको बताउँछन्।

उनी भन्छन्,