दोलखाको जिरीबाट काठमाडौं तर्फ गईरहेको यात्रुबाहक बसले ठक्कर दिदा एक जनाको मृत्यु

चरिकोट – दोलखाको जिरीबाट काठमाडौं तर्फ गईरहेको नम्बर नखुलेको यात्रुबाहक बसले  मैनापोखरी नजिकै ठक्कर दिदा बुधबार  एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दोलखा काब्रे गाविस ४ का काजी कार्की रहेका छन् । ठक्कर दिने फरार भएका चालक र बसको खोजी भई रहेको प्रहरीले जनाएको छ ।