काठमाडौ – नेपाली कांगे्रस संसदीय दलका नेता रामचन्द्र पौडेलले राजनीतिक गतिरोधको निकास खोज्ने सम्बन्धमा एकीकृत नेकपा माओवादीसँग समझदारी बढ्दै गएको बताउनु भएको छ ।
संसद सचिवालयमा पत्रकारहरुसंग कुरा गर्दै पौडेलले आपसी समझदारीमा शान्ति र संविधान निर्माण प्रक्रियालाई निष्कर्षमा पुर्याउन माओवादीसंग विश्वासको वातावरण बन्दै गएको बताउनु भएको हो ।
उहाँले सेना समायोजनका विषयमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि पछिल्ला दिनमा लचिलो बनेको बताउनुभयो ।
संसद अधिवेशन बोलाउनु पर्नेमा प्रधानमन्त्री माधवकुमार नेपाल विदेश भ्रमणमा निस्किएको विषयमा सोधिएको एक प्रश्नमा पौडेलले आफ्नो उमेदवारी मात्र नभइ देश नै अलपत्र परेको टिप्पणी गर्नुभयो ।