दक्षिण तथा मध्य एशिया हेर्ने अमेरिकी उपसहायक विदेशमन्त्री अलिसा आयर्स काठमाडौंमा
मंसिर १७ गते, २०६७ मा प्रकाशित
<
दक्षिण तथा मध्य एशिया हेर्ने अमेरिकी उपसहायक विदेशमन्त्री अलिसा आयर्स बिहीबार काठमाडौं आईपुगेकी छिन्। चारदिने नेपाल भ्रमणको सिलसिलामा उनले राजनीतिक नेता, सरकारी अधिकारीहरु, वातावरणकर्मी, र व्यापारिक नेतृत्ववर्गसँग भेट गर्नेछिन्।
भेटमा उनले जारी शान्तिप्रक्रिया र संविधान लेखनका लागि अमेरिकी सहयोग, नेपालमा मौसम परिवर्तनको प्रभाव निराकरण, व्यापारिक लगानीको प्रवर्द्धनजस्ता विषयमा कुराकानी गर्ने काठमाडौं स्थित अमेरिकी दूतावासद्धारा बिहीबार जारी विज्ञप्तीमा जनाइएको छ।