अमेरिकी सेनाको प्यासिफिक कमान्डको संयोजकत्वमा विश्वव्यापी शान्ति कार्य अभियानद्वारा सञ्चालित क्षेत्रीय तहको राष्ट्रसङ्घीय शान्ति कार्य कमान्डर तालिम सुरु

काठमाडौ । संयुक्तराज्य अमेरिकी सेनाको प्यासिफिक कमान्डको संयोजकत्वमा विश्वव्यापी शान्ति कार्य अभियानद्वारा सञ्चालित क्षेत्रीय तहको राष्ट्रसङ्घीय शान्ति कार्य कमान्डर तालिम आइतबारबाट सुरु भएको छ ।


तालिमको सैनिक विनय महानिर्देशक उपरथी अनिलजङ्ग थापाले उद्घाटन गर्दै विद्यमान जटिल शान्ति स्थापना कार्यमा तालिमले मूलतः नेतृत्व तहका शान्ति सैनिकलाई आफ्नो जिम्मेवारी निर्वाह गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


प्यासिफिक कमान्डका तालिम निर्देशक स्टेन एलिङ्सनले तालिमको महत्वबारे प्रकाश पार्नुभएको थियो ।
तालिममा बङ्गलादेश, कम्बोडिया, इन्डोनेसिया, मलेसिया, मङ्गोलिया, फिलिपिन्स र थाइल्यान्डका १३ जना र नेपाली सेनाका १७ जना गरी ३० जना महासनोनी, प्रमुख सेनानी र सेनानी दर्जाका अधिकृतको सहभागिता रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।