वन तथा भू-संरक्षणमन्त्री दीपक बोहरा मेक्सिकोको क्यानकुनमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी राष्ट्र सङ्घीय सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान

काठमाडौ – वन तथा भू-संरक्षणमन्त्री दीपक बोहरा मेक्सिकोको क्यानकुनमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी राष्ट्र सङ्घीय सम्मेलनमा भाग लिन सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ।


मन्त्री बोहोरा मेक्सिको गएकाले उहाँको अनुपस्थितिमा उहाँले सम्हाली आउनुभएको वन तथा भू-संरक्षण मन्त्रालयको कार्यभार प्रधानमन्त्रीको सम्हाल्नुभएका उपप्रधानमन्त्री एवम् भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदार स्वयम्ले सम्हाल्नुहुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।